‘एनजिओमा जागिर लाइदिन्छु तिमी क्रिस्चियन बन्नुपर्छ’
काठमाडौं– गैह्रसरकारी संस्था (एनजिओ)मा जागिर लगाईदिने आश्वासन दिलाएर जबर्जस्ती काठमाडौंको नागार्जुन नगरपालिका–४ स्थित सीतापाइलामा रहेको चर्चमा बोलाएर धर्म परिवर्त गराउन खोज्ने ३ महिला पक्राउ परेका छन् ।
चितवनको भरतपुर नगरपालिका–२७ घर भई हाल काठमाडौं बस्ने लक्ष्मी भट्टराईलाई ईच्छा विपरीत चर्चमा लगेर बाईवलको पाठ सुनाउँदै दुवै हात समातेर जबर्जस्ती ब्याप्टिजम गर्न लगाउने तीन महिलालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा कास्की मच्याङ्गकोट स्थायी घर भएकी सुमित्रा गौली, काठमाडौंकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराई रहेका छन् ।
लामो समय दुवई बसेर आएकी लक्ष्मी भट्टराईलाई जागिर लगाइदिन्छु भन्दै फुलदेवी भट्टराईले वैशाख १५ गते राधिका महर्जनलाई भेट्न पठाएकी थिइन् । महर्जनलाई भेट्न सीतापाइला पुगेकी लक्ष्मीलाई उनले केही नभनी चर्चभित्र लगेर सुमित्रा गौलीलाई भेट्टाएकी थिइन् ।
‘सुमित्राले लक्ष्मीको इच्छा विपरित बाइबलको पाठ सुनाउँदै जबर्जस्ती ब्याप्टिजम लिन लगाएको पाइएको छ’ एसएसपी पोखरेलले भने, ‘यसरी जबर्जस्ती धर्म परिवर्तन गराउनु अपराध हो, प्रतिवादीहरुमाथि मुलुकी ऐन २०२० अदलको महल बमोजिम म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’
धर्म परिवर्तन गरेमात्र जागिर मिलाइदिन्छु भन्ने प्रतिवादीहरुलाई अदलको महलको १ नम्बर दफा अनुसार ३ बर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ । कानुनअनुसार अरुको धर्ममा खलल पर्ने गरी कसैले पनि कुनै धर्म परिवर्तन गर्न या गराउन हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए