शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

सेयर बजारको उत्साह : ६४ अङ्कले सूचक बढ्दा २१ अर्ब ८९ करोडको कारोबार

बुधबार, १६ साउन २०८१, १५ : २५
बुधबार, १६ साउन २०८१

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा तीव्र उत्साह देखिएको छ । बुधबारको कारोबारमा ६४ अङ्कमाथिले नेप्से सूचक बढ्दै गर्दा २१ अर्ब ८९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । यो उच्च कारोबार हो । 

अधिकांश लगानीकर्ताहरू हिमालयन रिइन्स्योरेन्समा झुमिदा आज कम्पनीको ८४ करोड ४९ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, माउन्टेन इनर्जी कम्पनीको ४१ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको ४० करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मात्र मूल्य घटेको छ । ७ वटा कम्पनीको भने मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आज १३ वटै उपसूचक धनात्मक हुँदा फाइनान्स समूहको उपसूचक ८ प्रतिशत माथिले बढेको छ । यस्तै इन्भेस्टमेन्ट समूहको उपसूचक ६.८९ प्रतिशतले बढेको छ । नेप्सेमा उत्साहप्रद वृद्धि हुँदै गर्दा आज दर्जन कम्पनीको मूल्यमा सर्किट लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप