काठमाडौँमा पार्किङ गरेर राखेको बसमा शव फेला
बुधबार, १६ साउन २०८१, १५ : २१

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित नयाँ बसपार्कमा बसभित्र शव भेटिएको छ । करिब दुई महिनाअघि देखि पार्किङ गरेर राखेको बसमा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
मंगलबार भेटिएको शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । बा.२ ख २३४४ नम्बरको बसको बायाँ पट्टिको पछाडिको सिटमा सुनसरीको इटहरी उप–महानगरपालिका–१३ घर भएका करिब ३७ वर्षका प्रह्लाद अधिकारी मृत भेटिएका हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु
-
१० बजे १० समाचार : उपभोक्ता अदालत गठन, समाजवादी मोर्चाको शक्ति प्रदर्शन
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी