पेरिस ओलम्पिक : सुटिङमा प्रतिस्पर्धा गर्दै भारतकी सांसद

काठमाडौँ । ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा बुधबार विभिन्न खेलका स्पर्धा हुँदैछन् । त्यसमध्ये सुटिङको स्पर्धा पनि एक हो । त्यसमध्ये महिला सुटिङको स्पर्धा अहिले चर्चामा छ ।
ओलम्पिकको महिला सुटिङ बुधबार एक भारतीय सांसदले पनि प्रतिस्पर्धा गर्दैछिन् । भारतको विहारकी महिला सांसद श्रेयसी सिंहले सुटिङमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
श्रेयसी भारतकी चर्चित सुटिङ खेलाडी हुन् । उनी खेलाडीसँगै राजनीतिज्ञ पनि हुन् । उनले सन् २०२० को निर्वाचनमा भारतीय जनता पार्टीको तर्फबाट जमुई विधानसभा सिटबाट चुनाव लडेकी थिइन् ।
उक्त निर्वाचनमा श्रेयसीले राष्ट्रिय जनता दलका उम्मेदवार विजयप्रकाश यादवलाई ४१ हजार मतको फराकिलो अन्तरले हराएकी थिइन् । उनको परिवार लामो समयदेखि राजनीतिमा सक्रिय छ ।
कुनै समय श्रेयसीका पिता दिग्विजय सिंह पनि सांसद थिए । उनकी आमा पुतुल सिंह त अहिले पनि सांसद हुन् । श्रेयसीले सन् २०१० को राष्ट्रमण्डलीय सुटिङ च्याम्पियनसिपमा रजत जितेकी थिइन् ।
यसका अतिरिक्त उनले सन् २०१७ को राष्ट्रमण्डलीय सुटिङ च्याम्पियनसिपमा पनि डबल ट्र्याप स्पर्धामा पनि रजत पदक हात पारेकी थिइन् ।
त्यसपछि सन् २०१८ मा सम्पन्न राष्ट्रमण्डलीय खेलकुदको डबल ट्र्याप स्पर्धामा पनि उनले स्वर्ण पदक जितेकी थिइन् । उनले सन् २०१४ को एसियाली खेलकुदमा पनि कांस्य पदक चुमेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीनको चोङकिङ
-
चारदेशीय टी-२० आई सिरिजः कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मकवानपुरको बकैयामा बस दुर्घटना, ३१ जना घाइते
-
प्रविधि भित्रियो, व्यवस्थापन शून्य
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत