डोल्पाबाट बिरामी लिएर आएको हेलिकप्टर आकस्मिक अवतरण
बुधबार, १६ साउन २०८१, १५ : ०५

सुर्खेत । डोल्पाबाट बिरामी ल्याएर आएको हेलिकप्टर सुर्खेतको एक धान खेतमा आकस्मिक अवतरण गरेको छ । नेपालगन्जका लागि डोल्पाबाट उडेको उक्त हेलिकप्टर मौसम खराबीका कारण सुर्खेतको लेकबेशी नगरपालिका–६, को रामघाट नजिकैको धान खेतमा अवतरण भएको हो ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी सहायक निरीक्षक नरबहादुर बिसी बिरामी भएपछि हेलिकप्टर नेपालगन्ज लिन लागिएको थियो । यद्यपि हेलिकप्टर सहज रूपमा अवतरण गरेको र ठुलो दुर्घटना हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
हेलिकप्टर अवतरण गरेपछि बिरामीलाई एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । यस्तै मौसम सुधार आएसँगै हेलिकप्टर वीरेन्द्रनगरस्थित विमानस्थलमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का