इस्माइल हनियाको मृत्युमा हमासले के भन्यो ?

रफाह । तेहरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्याबारे हमासले विज्ञप्ति जारी गरेको छ । एक वरिष्ठ अधिकारीले हमासले यसको जवाफ अवश्य दिने बताएका छन् । हमासद्वारा सञ्चालित अल अक्सा टेलिभिजन च्यानलका अनुसार मुसा अबु मारजुकले यसलाई कायरतापूर्ण कार्य भनेका छन् र यसको जवाफ दिने बताएका छन् । यसबारे इजरायलले कुनै आधिकारिक बयान जारी गरेको छैन । तर केही नेताहरूले यसबारे प्रतिक्रिया दिएका छन् ।
हानियाको मृत्युले संसारलाई राम्रो ठाउँ बनाउने सम्पदा मन्त्री अमिचाय इलियाहुले सामाजिक सञ्जालमा भनेका छन् । ‘संसारबाट यस प्रकारको फोहोर सफा गर्ने यही सही तरिका हो,’ अमिचायले आफ्नो पोस्टमा लेखेका छन् । इ
जरायली रक्षा बल (आईडीएफ)ले भने यस विषयमा टिप्पणी दिन मानेको छैन । विदेशी सञ्चार माध्यमहरूमा हानियाको मृत्युबारे आइरहेको खबरमा आफूले कुनै प्रतिक्रिया नजनाउने आईडीएफले सीएनएन र फ्रान्सेली समाचार एजेन्सीलाई भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर