प्रदर्शन
नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन, दमन र हिंसाको विरोध (तस्बिरहरू)
बुधबार, १६ साउन २०८१, १२ : ०६
![नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि प्रदर्शन, दमन र हिंसाको विरोध (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/bangladesh_VVyi8mJki3.jpg)
काठमाडौँ । नेपालस्थित बङ्गलादेशी दूतावास अगाडि बुधबार प्रदर्शन भएको छ । नागरिक समाज र मानव अधिकार समाजको अगुवाइमा बसुन्धारास्थित दूतावास अगाडि विभिन्न प्लेकार्डसहित प्रदर्शन भएको हो ।
बङ्गलादेशमा चलिरहेको कोटा विरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूप्रति गरिएको दमन र हिंसाको विरुद्धमा प्रदर्शन गरिएको आयोजकको भनाइ छ ।
प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा भेला हुन पाउने र अभिव्यक्ति स्वतन्त्रतामाथिको दमन अन्त्य गर्न, हत्याको घटनाहरूको जबाफदेहिताको सुनिश्चित गर्नलगायतका मागसहितको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलनका क्रममा करिब २०० जनाको मृत्यु भएको बताइएको छ । आन्दोलनका क्रममा राज्यले तीव्र दमन गरेको भन्दै आलोचना भइरहेको छ ।
तस्बिरहरु : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
रातोपाटी व्रिफिङ : दिल्लीमा केजरीवालकाृे हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन