शाहरुख खानलाई मोतीबिन्दु भएकै हो ?

नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खानको आँखामा समस्या आएको छ । अभिनेताले हालै मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर पनि आएको छ । उपचार सफल हुन नसकेपछि उनी थप उपचारका लागि अमेरिका जान लागेको बताइएको छ ।
केही सञ्चार माध्यममा आँखाकै उपचारका लागि शाहरुख जुलाई ३० मा अमेरिका गएको चर्चा पनि छ । केही सञ्चार माध्यमले भने यो खबरलाई अफवाह भनेका छन् । शाहरुख यस अघि नै अमेरिका गएर आँखाको उपचार गरिसकेको उनीहरूको भनाई छ ।
दुवै आँखामा मोतीबिन्दु !
एक रिपोर्टका अनुसार शाहरुख दुवै आँखामा मोतीबिन्दु देखिएको थियो । तर यस विषयमा अहिलेसम्म अभिनेता वा उनको टिमबाट कुनै पुष्टि भएको छैन । जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि नै अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए ।
शाहरुख आउँदो अगस्ट ७ र ८ मा स्विजरल्याण्ड जाने चर्चा पनि छ । यद्यपि, उनी कामका लागि त्यहाँ जान लागेका हुन् कि व्यक्तिगत कारणले भन्ने कुरा चाँहि पुष्टि हुन सकेको छैन । वर्कफ्रन्टको कुरा गर्नु पर्दा शाहरुख खानको अन्तिम फिल्म डंकी गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो । अहिले अभिनेता आफ्नी छोरी सुहाना र छोरा आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरुख र सुहाना फिल्म किंगमा सँगै देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?
-
अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते
-
शिक्षकहरूले आज सिट्ठी फुकेर प्रदर्शन गर्दै
-
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
-
राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य