‘पुष्पा २’ को क्लाइमेक्स सिनको भिडियो लिक
नयाँ दिल्ली । अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा २’ को सेटबाट एउटा भिडियो लिक भएको छ । यो भिडियो फिल्मको क्लाइमेक्स दृश्यको सुटिङका क्रममा खिचिएको बताइएको छ ।
यस बीटीएस भिडियोमा फिल्मसँग सम्बन्धित कास्ट र क्रु सदस्यहरू इन्टेन्स फाइटको दृश्य छायाङ्कन गरिरहेको देखिन्छ । भिडियोमा, रगतले लतपतिएको मानिस हार्नेस (केबल)मा झुण्डिएको देखिएको थियो । अरुले भने सेटअपमा मद्दत गरिरहेका थिए ।
यो क्लिपमा रश्मिका वा अल्लु अर्जुन भने देखिएका थिएनन् । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अल्लु आक्रोशित भएका छन् ।
उनीहरूले यो भिडियो इन्टरनेटबाट हटाउन आग्रह गरेका थिए । पुष्पा २ को सेटबाट कुनै फुटेज लिक भएको यो पहिलो पटक होइन ।
यसअघि पनि रश्मिका मन्डन्नाको एक भिडियो भाइरल भएको थियो । भिडियोमा उनी श्रीवल्लीको गेटअपमा देखिएकी थिइन् ।
६ डिसेम्बरमा रिलिज हुँदैछ फिल्म
सुकुमार निर्देशनमा बन्न लागेको पुष्पा २ यस वर्षको अगस्ट १५ मा हलमा रिलिज हुँदैछ । तर अब यो फिल्म यसै वर्षको डिसेम्बर ६ मा रिलिज हुँदैछ ।
फिल्म पाँच भाषामा रिलिज हुनेछ । फिल्मको पहिलो भाग डिसेम्बर २०२१ मा रिलिज भएको थियो ।
यसले बक्स अफिस कमाईको मामिलामा कयौँ रेकर्ड तोडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिलाई फोन
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण