चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, योग्यता के ?

काठमाडौँ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको व्यक्ति हुनुपर्ने हुनुपर्नेछ।
उम्मेदवार ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेको तथा प्रचलित कानुनबमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ ।
गत साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । बोर्डको अध्यक्ष पदका लागि अहिले सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डीसी, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा दौडधुपमा लागेको चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)