केरलाको वायनाडमा पहिरो : मर्नेको सङ्ख्या १५६ पुग्यो, सय जना बेपत्ता
बुधबार, १६ साउन २०८१, ११ : २०
नयाँदिल्ली । भारतको केरला राज्यको वायनाड जिल्लामा मङ्गलवार मध्यराति आएको पहिरोले हाहाकार मच्चाएको छ । सारा गाउँ सुतेको समयमा झन्डै २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँ ४ घण्टामै ध्वस्त भयो । घरहरू पुरिए, सयौँ मानिस पहिरोमा बेपत्ता भए । अहिलेसम्म पहिरो खोस्रिएर १५६ जनाको शव बाहिर निकालिएको छ ।
सय जना अझै बेपत्ता भएको बताइएको छ । केही शव नदीमा बगिरहेको देखिएको भन्दै समाचारहरू आएका छन् । वर्षा जारी रहँदा राहत र उद्धार कार्यमा समस्या आइरहेको छ । १ बजेदेखि ५ बजेसम्म चार घण्टाको बिचमा तीन ठाउँबाट पहिरो खसेको थियो ।
मौसम विभागले वायनाडसमेत आसपासको जिल्लामा वर्षासम्बन्धी रेड अलर्ट जारी गरेको छ । जसका कारण हेलिकप्टर उड्न पाइरहेको छैन । जमिनबाटै पहिरो खनेर शव निकाल्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’