वर्कसपमा ‘पीताम्बर’, भदौ १ बाट छायाङ्कन
बुधबार, १६ साउन २०८१, १० : १५
_ZcX5TyU30B.jpg)
काठमाडौँ । भदौबाट छायाङ्कन तयारी भइरहेको फिल्म ‘पीताम्बर’को यतिवेला धमाधम वर्कसप चलिरहेको छ । काठमाडौँ थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा आयोजित वर्कसप कलाकारले फिल्म अभिनय निखार्दै रहेको निर्देशक कृषा चौलागाईले बताइन् ।
‘पीताम्बर’ निर्देशक कृषाको दोस्रो फिल्म हो । यसअघि उनले ‘ऐँचो पैँचो’ निर्देशन गरेकी थिइन् ।
भदौ १ गतेबाट छायाङ्कनमा जाने ‘पीताम्बर’मा कलाकारको लाइनअप बलियो छ । फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, र विशाल पहारीको अभिनय रहनेछ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पीताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । विशाल चौलागाई निर्माता रहेको फिल्मको बजेट ५ करोड बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य