विश्व तेक्वान्दोमा प्रेमलाई रजत

दक्षिण कोरिया । दक्षिण एसियाली खेलकुद सागका कांस्य पदक विजेता प्रेमबहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् ।
दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले व्यक्तिगत पुम्से विधामा रजत पदक जित्न सफल भएको तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले जानकारी दिए । प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा अमेरिकाका माइकललाई ८–७ अङ्कले पछि पार्दै जित हासिल गरे ।
दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६–७.६८३ अङ्कले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेका लिम्बुले एलेक्सिसलाई ७.७४९–७.१४९ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए ।
सेमिफाइनलमा जोवनलाई ७.९६६–७.७६६ अङ्कले हराउँदै फाइनलसम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोकसँग ७.८९९–८.०९९ को झिनो अङ्कले पछि पर्दै रजत पदक मै चित्त बुझाउनु बाध्य भए ।
५५ राष्ट्रका ४५०० खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता २६ जुलाई देखी सुरु भई ३० जुलाई सम्म चलेको थियो । यस अघि लिम्बुले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो
-
कुनै बेला मार्चमा सुरु हुन्थ्यो नयाँ वर्ष, कसले सार्यो जनवरीमा ?