अविरल वर्षाले भक्तपुरको विभिन्न स्थान डुबानमा (तस्बिरहरु)
_5BydCgeUNb.jpg)
भक्तपुर । गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको छ । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिकामा पर्ने नदी किनारबाट २८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले रातोपाटीलाई बताए ।
बाढीका कारण सूर्यबिनायक नगरपालिका वडा नम्बर–२ र ४ तथा मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ का बासिन्दा प्रभावित भएका हुन् । सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले २८ जनालाई सुरक्षित स्थानमा सारेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको इन्स्पेक्टर पौडेलले बताए ।
सूर्यबिनायक नगरपालिका–४ स्थित मोर्डन कलेज अगाडी मगर गाउँमा महादेव खोला बस्तीमा पसेको छ सूर्यबिनायक नगरपालिका–२ बालकोट र मध्यपुर थिमी नगरपालिका–१ मा मनोहरा खोला आसपासको बस्तीमा पसेको छ । खोला किनारका गाईगोठ र टहरामा क्षति पुगेको छ ।
यता सूर्यबिनायक नगरपालिका–८ पुरानो जगोत स्थित कपास उद्योगमा बाढी पसेको छ । गएराति पौने ३ बजेतिर ठाडो खोलामा आएको बाढी कसर ओलीले सञ्चालन गरेको कपास उद्योगमा पसेको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।
भक्तपुरका चाँगुनारायण नगरपालिका–८ स्थित साइन उडन फर्निचर उद्योगमा बाढी पसेको छ । बुधवार बिहान ४ बजेतिर ब्रह्मायणी खोलामा आएको बाढी उद्योगमा पसेर करिब १० लाखको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री