आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्री र मिस माल्टाबीच भेटवार्ता

मङ्गलबार, १५ साउन २०८१, २१ : ४६
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । नेपाल भ्रमणमा रहेको मिस माल्टा चेरिस स्पीटेरीसहितको टोलीले मंगलबार पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेसँग भेटवार्ता गरेको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा समसामयिक विषयमा छलफल भएको माल्टाका लागि नेपालका पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए । 

उनका अनुसार सो क्रममा माल्टाबाट नेपालमा कसरी पर्यटन भित्र्याउन सकिन्छ र पर्यटन प्रवर्द्धनमा मिस माल्टाको भूमिकाको विषयमा समेत छलफल भएको थियो । भेटका क्रममा एनआरएनए अभियन्ता सोम सापकोटा, एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल समेतको सहभागिता थियो । 

यसैबीच मिस माल्टाको टोली  मंगलबार नै दृष्टिविहीनहरु अध्ययनरत ‘ब्लाइन्ड चिल्ड्रेन स्कुल’मा पुगेका छन् ।  काठमाडौँको तारकेश्रमा अवस्थित उक्त स्कुलमा विद्यार्थीहरुसँग मिस माल्टासहितको टोलीले केहीबेर भलाकुसारी गरेका थिए भने केही आर्थिक सहयोग समेत गरिएको भण्डारीले जानकारी दिए । 

मिस माल्टा चेरिस स्पीटेरीसहितको टोली सोमबारदेखि नेपाल भ्रमणमा रहेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप