आजपा निकट उद्योग वाणिज्य संघको अध्यक्षमा जयसवाल, कार्यसमितिमा को–को समेटिए ? (सूचीसहित)
मङ्गलबार, १५ साउन २०८१, २१ : ०९

काठमाडौँ । आजपा निकट आम उद्योग वाणिज्य संघको प्रथम राष्ट्रिय भेलाबाट साजन कुमार जयसवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा राजधानीमा भएको भेलाबाट जयसवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसअनुसार उपाध्यक्ष ४ जना, महासचिव १ जना, सचिव १ जना सहसचिव १ जना, कोषाध्यक्ष एक जना र बाँकी सदस्यसमेत गरेर १०१ जनाको कार्यसमिति चयन गरिएको छ ।
भेलाले आम उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार तथा संघर्षका कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ ।