बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ओली र देउवाकै नाममा आयोजना राखेर भए पनि दलित परिवारको घर निर्माण गर्नुपर्छः साह

मङ्गलबार, १५ साउन २०८१, २० : ४४
मङ्गलबार, १५ साउन २०८१

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरिब, दलित परिवारको आवास निर्माणमा सरकारले विभेद गरेको बताएका छन् । जनता आवास कार्यक्रम अन्तरगत दलित समुदायको घर निर्माण अल्पत्र छोड़ेर सरकारले उनीहरुलाई दुख दिईरहेको उनले बताए । 

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले दलित समुदायका व्यक्तिको घर निर्माण कार्यलाई पुरा गर्नुपर्ने माग सरकारसंग गरे । साथै अहिलेसम्म के कति काम भएको छ ? प्रगति कति भयो ? किन घर निर्माण कार्य सम्पन्न हुन  सकेन त्यसको बारेमा सदनलाई जानकारी गराउनुपर्ने बताए । 

‘आज मधेस प्रदेशको हालत हेर्नुहुन्छ भने योजना पिच्छे आयोजना छ । जनता आवासका निर्माणाधीन घरहरु अल्पत्र छोड़ेर तीन चार वर्ष अघि त्यहाँ महेन्द्र नारायण निधि आवास आयोजना सुरु भयो । जसमा पाँच हजार गरिब परिवारको घर छनौट भई निर्माणको काम सुरु भयो तर अहिलेसम्म निर्माण भएको घरको संख्या ६९० हो । त्याहाँ पनि बाँकी घरको निर्माण कार्य व्यवारिसे छोडियो’ साहले भने, ‘अहिलेको सरकारले मदन भण्डारी विपन्न आवास आयोजना कार्यक्रम शुरू गरेकोछ ।त्यसको लागि ९ करोड छुटयाएको छ ।निर्माणाधीन घर बनाउँनुपर्छ भन्ने जवाफदेहिता छैन् । यसरी सरकार पिच्छे दलित परिवारसंग मजाक गर्दै जाने हो ?’ 

उनले अगाडि थपे, ‘अहिले केपीजीकै (प्रधानमन्त्री केपी शर्मा ओली) नाममा, देउवा जीकै (कांग्रेस सभापति शेरबहादुर देउवा) नाममा कार्यक्रम राख्नुस, तर ति गरिब, दलित परिवारका व्यक्तिको घर निर्माण हुनुपर्छ । बस हामीले जानेको यति हो । उनीहरुलाई दुख दिने काम कोही कसैले नगरोस् ।’ 

अहिले बर्षाको समयमा दलित परिवारको नारकिय जिवन जिउन बाध्य भएको बताउँदै उनले केन्द्र सरकारले सञ्चालन गरेको तर पछि प्रदेश सरकारको जिम्मा दिएपछि त्यसको प्रगति किन हुन सकेन् भन्ने बारेमा सदनलाई जानकारी गराउँनुपर्ने माग उनले गरे । 

राज्यले गरिब जनतासंग मजाक गरिरहेको र खुल्मखुल्ला मजाक गरिरहेको उनले बताए । दलितपरिवारको घर निर्माणको जिम्मा लिएको सरकारले समयमै घर निर्माण नगर्दा अहिले हजारौं घरपरिवार नारकिय जिवन जिउन बाध्य भएको साहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप