बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
न्याय परिषद् बैठक

यी हुन् सरुवा भएका उच्च र जिल्ला अदालतका न्यायाधीश (सूचीसहित)

मङ्गलबार, १५ साउन २०८१, १९ : ३३
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतका कार्यरत रहेका २६ न्यायाधीशको सरुवा गरेको छ। 

न्याय परिषद्ले पाटन उच्च अदालतबाट ८ जना न्यायाधीशको उपत्यका बाहिर सरुवा गरेको छ । धिरबहादुर चन्द, जनक पाण्डे,  श्यामजी प्रधान, धुव्रराज नन्द, हरिप्रसाद पौडेल, राज्यलक्ष्मी बज्राचार्य, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी र रामेश्वर रेग्मी उपत्यका भन्दा बाहिर सरुवा भएका छन् ।  

विशेष अदालतका रितेन्द्र थापा, रामबहादुर थापालाई कायमै राखिएको छ ।  

त्यस्तै वासुदेव आचार्यलाई उच्च अदालत विराटनगरबाट सरुवा गरेर श्रम अदालत काठमाडौँको अध्यक्ष बनाएको छ । 

मंगलबार बसेको परिषद्को बैठकले उच्च र जिल्ला अदालतमा ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।  

जिल्ला अदालतमा ६५ को सरुवा 

त्यस्तै देशभरका जिल्ला अदालतमा कार्यरत रहेका ६५ जना न्यायाधीशको सरुवा पनि परिषद्ले गरेको छ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले सरुवा गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप