न्याय परिषद्ले गर्यो एकै पटक ९१ न्यायाधीशको सरुवा

काठमाडौँ । न्याय परिषद्ले एकै पटक ठुलो मात्रामा न्यायाधीशहरूको सरुवा गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो ।
प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का सचिव यमबहादुर बुढामगरले बताए । मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले २ सचिवको सरुवा र २ जनालाई सचिव बढुवा गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्तिसम्बन्धी एजेण्डा पनि छलफलमा रहेको थियो । मंगलबार न्यायाधीशहरूको सरुवाको एजेण्डामा धेरै छलफल भएकाले नयाँ सिफारिस हुन नसकेको परिषद् स्रोतले जनाएको छ । अर्को बैठकले न्यायाधीशहरूको सिफारिस गर्ने छ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश रिक्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
सरकारले किन खारेज गर्यो नागरिक एप निर्देशिका ?
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन