न्याय सेवा आयोगले गर्यो २ सचिवको सरुवा, २ को बढुवा

काठमाडौँ । न्याय सेवा आयोगले दुई सचिवको सरुवा र दुई जनाको बढुवाको सिफारिस गरेको छ । मंगलबार बसेको आयोगको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लिला गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको उक्त सचिव पदमा गौतमलाई सरुवा गरिएको हो ।
आयोगको बैठकले आलोकचन्द्र श्रेष्ठलाई बढुवा गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनी रक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहेका थिए । त्यस्तै पाराश्वर ढुङ्गानालाई नेपाल कानुन आयोगको सचिवको रूपमा बढुवा गर्दै पदस्थापन गरेको छ । उनी नेपाल कानुन आयोगमै सहसचिवको रूपमा रहेका थिए ।
न्याय सेवा आयोगमा अध्यक्षको रूपमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ छन् भने सदस्यको रूपमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, महान्यायाधिवक्ता रमेश बडाल र सदस्यसचिवको रूपमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार गर्न रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा सहभागी, तस्बिरहरू
-
सुशान्त केसीको ‘बार्दली’ को हिन्दी भर्जन बजारमा
-
सङ्खुवासभामा चट्याङ लागेर १७ वटा भैँसी मरे
-
‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
-
बिट मार्ने तयारीमा युरोपका पाँच चर्चित लिग
-
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता