हिरामण्डी अभिनेत्री सन्जिदा शेख नेपाल आउँदै
मङ्गलबार, १५ साउन २०८१, १८ : ४७

काठमाडौँ । अभिनेत्री मनिषा कोइराला अभिनीत चर्चित वेभसिरिज ‘हिरामण्डी’ अभिनेत्री सन्जिदा शेख नेपाल आउने भएकी छन् । साउन २६ मा गैह्रीधाराको एलिसमा ट्रेडर्मा ब्राण्डको ‘ट्रे स्किन ब्राण्ड’ लन्चमा सहभागी हुन उनी नेपाल आउने भएकी हुन् ।
ट्रेडर्मा ब्राण्डका निर्देशक शुसान्त मुरारकाले ट्रे स्किन ब्राण्डको उत्पादनहरू उद्घाटनमा सन्जिदा शेख नेपाल आउन लागेको जानकारी दिए ।
शेख आफैँले प्रोडक्टको अनावरण गर्नेछिन् । उनले आफ्नो व्यक्तिगत स्किनकेयरको दैनिक रुटिन र ट्रे स्किनको प्रभावकारिताबारे पनि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।
प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्त्वहरूमाथि आधारित बनाइएको मुरारकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्रीसँग वार्ता सुरू
-
नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
-
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु
-
ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्यो कोशी प्रदेश
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष