संदिप वांगा रेड्डीको स्पिरिटमा दोहोरो भूमिकामा देखिँदै प्रभास
![संदिप वांगा रेड्डीको स्पिरिटमा दोहोरो भूमिकामा देखिँदै प्रभास](https://npcdn.ratopati.com/media/news/pp_gH2RFLNdJC.jpg)
नयाँ दिल्ली । कल्की २८९८ एडी को अपार सफलतापछि प्रभास छिटै बलिउड फिल्म स्पिरिटमा देखिँदै छन् । मिडिया रिपोर्टका अनुसार संदिप वांगा रेड्डीको यस फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने भएका हुन् ।
प्रभास फिल्ममा प्रहरी अधिकारीको भूमिकामा देखिँदै छन् । दोस्रो भूमिकामा चाहिँ उनी मुख्य भिलेन हुने बताइएको छ । अर्थात् प्रभास एउटै फिल्ममा नायक र खलनायकको दुवैको भूमिकामा देखिने छन् । प्रभासलाई दोहोरो भूमिकामा देख्न पाउनु उनका फ्यानहरूका लागि निकै रोमाञ्चक र अनौठो अनुभव हुनेछ । मिडिया रिपोर्टका अनुसार फिल्ममा अन्तरालपछि प्रभासको नेगेटिभ रोल प्रवेश हुनेछ, जसले फिल्ममा टर्निङ प्वाइन्ट सुरु हुने संकेत गर्नेछ ।
फिल्म एनिमलबाट चर्चामा आएका निर्देशक सन्दीप रेड्डी वांगा उत्कृष्ट निर्देशनका लागि परिचित छन् । प्रभासलाई नकारात्मक अवतारमा देख्नु पक्कै पनि दर्शकका लागि नयाँ अनुभव हुनेछ । प्रभास र सन्दीपको प्रोजेक्ट स्पिरिट अविस्मरणीय फिल्म हुने अनुमान गर्न सकिन्छ । तर, प्रभासको दोहोरो भूमिकाबारे अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । तर यो जानकारीले दर्शकमा फिल्मबारे थप कौतुहलता पैदा गरेको छ । दोहोरो भूमिकामा आउने खबरले यस फिल्मप्रति प्रभासका फ्यानहरूको अपेक्षा झनै बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट