टेरामक्समा अनियमितता देखेको लेखा समितिमा पुगे मोहन बस्नेत

काठमाडौँ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा भएको अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेतलाई सार्वजनिक लेखा समितिको सदस्य बनाइएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले पेस गरेको प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिका सदस्यहरू हेरफेरको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो । यसअघि बस्नेत शिक्षा, स्वास्थ्य र प्रविधि समिति रहेका थिए ।
तत्कालीन सूचना तथा सञ्चार मन्त्री रहेका बस्नेतले नै टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए । अनियमिततामा नाम जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतलाई बयानका लागि बोलाएको थियो । गत वर्षको माघमा उनी अख्तियारको कार्यालय पुगेर बयान दिएका थिए ।
अहिले उनै बस्नेतलाई सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गर्ने अधिकारप्राप्त संसदीय समितिको सदस्य बनाइएको छ । समितिको कार्यक्षेत्र अन्तरगत सार्वजनिक लेखा, महालेखा परीक्षकको प्रतिवेदन र सम्बद्ध विषय तथा निकास भनी पनि तोकिएको छ ।
रोचक कुरा, यसअघि लेखा समितिले नै टेरामक्स प्रविधि खरिदमाथि प्रश्न उठाउँदै यससँग सम्बन्धित सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको थियो । गत वर्षको पुस ११ गते बसेको समितिको बैठकले टेरामक्सको खरिद विवादित रहेको र नसुल्झिएका विषयहरू सूक्ष्म रूपमा विश्लेषण तथा अनुसन्धान नभएसम्म यसका सबै प्रक्रिया रोक्न भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर