शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

आफ्नै कटु आलोचकलाई ओलीले दिए प्रदेश प्रमुख पद उपहार ! (भिडियोसहित)

मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारले सोमबार ठुलो संख्यामा सचिव सरुवा गर्ने निर्णय गर्‍यो । साथसाथै राजदूतहरू र तीन जना प्रदेश प्रमुखको नियुक्तिका लागि सिफारिस निर्णय पनि गर्‍यो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार बागमती प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा श्रीकृष्ण बहादुर घर्ती मगर र कर्णाली प्रदेश प्रदेश प्रमुखमा यज्ञराज जोशी सिफारिस भएका छन् । यहाँ चर्चा गर्न खोजिएको लुम्बिनीको प्रदेश प्रमुख सिफारिस भएका घर्तीको हो । उनलाई नेपाली कांग्रेसको कोटामा ओलीले प्रदेश प्रमुख पदमा सिफारिस  गरेका हुन् ।

रोल्पाका कृष्णबहादुर घर्ती रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट नेपाली कांग्रेसको १४ महाधिवेशनमा प्रतिनिधि छनौटमा वडाबाटै पराजित भएका थिए । कांग्रेसमा शेरबहादुर देउवा समूहमा रहेका घर्ती प्रदेश प्रमुखमा सिफारिस भएपछि उनले केही बर्ष पहिला बोलेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा घर्तीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्यन्त तल्लो स्तरमा उत्रेर गाली गरेको सुनिन्छ ।

‘हिमाल, पहाड तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत भएको एक कार्यक्रममा घर्तीले ओलीबारे टिप्पणी गर्दै तेह्रथुमबाट बाढी पहिरो र खान नपाएर झापा झरेका ओली कसरी करोडौँ सम्पत्तिका मालिक भए भनेर प्रश्न गरेका छन् । ‘बाk\/ढी पहिरोले बेपत्ता भएर, बस्ने बास र खाने गाँस नभएर जिउ पाल्न तल झापाको मैदानमा झरेको सानो दुधे बालख आएको त्यो केपी..’ घर्तीले थप प्रश्न गर्दै भनेका छन्, ‘काठमान्डुको खाल्डो भक्तपुर जिल्लाको बालकोट भन्नेमा दुईवटा दरबार छ । जो बल्खु दरबार भन्दा ठुला । त्यस्तो दरबार बनाउने सम्पत्ति कहाँबाट आयो ?’

त्यस्तै उनले मदन भण्डारीको हत्यामा ओली संलग्न भएको समेतका आरोप लगाउन भ्याएका छन् । 

घर्तीले ओलीलाई के–के भनेका थिए ?

अहिले तपाईँहरूलाई थाहा छ कि छैन खड्कप्रसाद ओली अथवा केपी शर्मा ओली भन्ने । यहाँ कतिलाई के भ्रम छ भने हाम्रै सन्तानमाथि गरिरहेको छ है ओलीले भनेर उफ्रन्छन् । त्यो पक्का बाहुनको छोरो हो । त्यो डोला साथीले गाउँघरमा भनाइ छ । जसको केही छैन र जसको अपुताली छ । त्यसलाई असाध्यै धन प्यारो हुन्छ । तपाई यति कुरा बुझ्नुस्–मोहनप्रसाद शर्मा तेह्रथुमको कङ्गाल । बाढी पहिरोले बेपत्ता भएर, बस्ने बास र खाने गाँस नभएर जिउ पाल्न तल झापाको मैदानमा झरेको सानो दुधे बालख आएको त्यो केपी शर्मा । अनि त्यसलाई लालन पालन गर्‍यो पाँच सात क्लासमा पढाउँदा पढाउँदै आफ्नै मामाहरूलाई अम्राइको बोटमा । आँप पनि भन्छन्, अङ्ग्रेजीमा म्याङ्गोको बोटमा चट्ट चट्ट काटेर ज्यानमारा भएर १४ वर्ष जेल बसेका । उसले के भन्छ ? यो देशको आन्दोलनका लागि, यो देशको परिवर्तनका लागि कम्युनिस्ट गराउनका लागि । अनि त्यो त गर्‍यो गर्‍यो त्यो जमानामा खान नपाइकन लाकर भएर काठमाडौँको नेवारको छोरी बिहे गर्‍यो । अनि जिन्दगीभर जेल बस्यो । तपाईँहरूलाई थाहा छ कि छैन झापाको सम्पत्ति थाहा नहुन सक्छ त्यो अलि गाउँतिर पर्‍यो । काठमान्डुको खाल्डो भक्तपुर जिल्लाको बालकोट भन्नेमा दुई वटा दरबार छ । जो बल्खु दरबार भन्दा ठुला । त्यस्तो दरबार बनाउने सम्पत्ति कहाँबाट आयो ? त्यसकारण देश कुन तालले गएको छ ? बेतालले गएको छ कुनै ताल नै छैन । तपाईँहरू यति कुरा बुझ्नुस् हाम्रो गाउँघरमा लहरै लागेर पैसेहरु नाच्छन् । अगुवाले ताल विगार्यो, मादलेले ताल विगार्यो भने, झ्याली र बाँसुरी बजाउनेले ताल विगार्यो भने के हुन्छ ? त्यसकारण अहिले यो देश बेतालमा चलिरहेको छ । देश बेतालमा चलिरहेको बेला हामीले आशा गर्नु मूर्ख हो । त्यो भन्दा आफै आतङ्कवादी केपी शर्माहरूको ग्रुपले गरेका राज्यआतंक ? यी अवस्थामा हामी सबै आक्रोशमा छौँ । दुखीमा छौँ ..।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया