सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

राज्यका निर्देशक सिद्धान्त समिति गठनका लागि दुवै सदनबाट १२ सांसदको नाम अनुमोदन

मङ्गलबार, १५ साउन २०८१, १७ : ४१
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्नका लागि १२ सांसदको नाम अनुमोदन गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सो समिति गठनका लागि सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका ११ सांसदहरूको नाम बैठकले अनुमोदन गरेको हो । 

यता राष्ट्रिय सभाबाट भने १ जना सांसद मात्र छनौट गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले समितिका लागि प्रस्ताव गरेको भगवती न्यौपानेको नाम सभाले स्वीकृत गरेको छ । यता प्रतिनिधि सभाबाट समितिका लागि ठाकुर गैरे, दिलेन्द्र प्रसाद बडू, देवप्रसाद तिमल्सेना, प्रतिमा गौतम, प्रभू हजारा, बुद्धिमान तामाङ, शान्ति विक, सन्तोष परियार, सरस्वती सुब्बा, हितराज पाण्डे, हेमराज राईको नाम स्वीकृत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप