पाँच शारीरिक समस्याको हल हो कालो चना
काठमाडौँ । मोटा अन्न स्वास्थ्यको खजाना हो । यसमा सबै प्रकारका पोषक तत्त्वहरू पाइन्छ ।
यसमा कयौँ खालका सूक्ष्म पोषक तत्त्वहरू हुन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगबाट बचाउँछ । यस्ता अन्नमा खासगरी जौ, कोदो, बजारा, चना आदि पर्दछन् ।
यी सबै अन्नको आ–आफ्नै फाइदा छन् । तर कालो चना खानुका लाभ झन् धेरै छन् । तर समस्या के छ भने हामीमध्ये धेरैले चना कमै खान्छौँ । यसको नियमित सेवनले कयौँ बिमारीहरूबाट बच्च मद्दत गर्छ ।
यसको सेवन कयौँ तरिकाले गर्न सकिन्छ । चना भिजाएर टुसा उमारेर खाँदा सबैभन्दा धेरै फाइदा पाउन सकिन्छ । बिहान बिहान टुसा उमारिएको चना खाँदा तौल, सुगर, कोलेस्ट्रोल जस्ता धेरै रोगबाट टाढा रहन सकिन्छ । चना खानुको फाइदाहरू यस प्रकार छन्:
१. मधुमेहको लागि रामवाणः
मधुमेहका रोगीलाई कार्बाेहाइड्रेटको मात्रा धेरै हुने चीजहरू खान निषेध गरिएको छ । चनामा कार्बाेहाइड्रेटको मात्रा निकै कम हुन्छ । यसबाहेक यसमा प्रशस्त मात्रामा फाइबर पनि हुन्छ । त्यसैले यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्न दिँदैन । अन्य कुनै चिजबाट शरीरमा चिनी प्रवेश गरिहाल्यो भने पनि तुरुन्तै पचाउनबाट रोक्छ र शरीरमा चिनीको मात्रा एकाएक बढ्दैन ।
२. कोलेस्ट्रोल हटाउँछ:
चनाले कोलेस्ट्रोल पनि कम गर्न सक्छ । यसमा उच्च मात्रामा घुलनशील फाइबर हुन्छ जसले बाइल एसिडलाई बाँध्छ । हाम्रो शरीरमा बोसो जमाउन यही बाइल एसिडले मद्दत गर्छ । तर चनाको सेवनले शरीरमा बोसो जम्न पाउँदैन । दिनहुँ एक चौथाइ कप मात्रै कालो चना सेवन गर्ने हो भने पनि कोलेस्ट्रोल सधैँ नियन्त्रणमा रहन्छ ।
३. पाचन शक्तिलाई बलियो हुन्छ:
चनामा अधिकतम फाइबर पाइने भएकाले यसले पाचन शक्तिलाई निकै बलियो बनाउँछ । तपाई नियमित रूपमा चनाको सेवन गर्नु हुन्छ भने कब्जियतको समस्या पनि हट्छ । यसो आन्द्रालाई सफा राख्न मद्दत गर्छ ।
४. तौल घटाउनमा मद्दत:
उच्च प्रोटिन र फाइबर भएको कुनै पनि चिज बिहान खाइयो भने दिनभर भोक कम लाग्छ । चना यस्तै एक चीज हो । यो खाएपछि भोक पनि कम लाग्छ । भोक नियन्त्रण गर्नु भनेको तौलमा नियन्त्रण वा कमी हो ।
५. बुढ्यौली रोक्न सहायकः
चनामा कयौँ प्रकारका एन्टिअक्सिडेन्टहरू पाइन्छ । एन्टिअक्सिडेन्टहरूले कोशिकाहरूबाट फ्री रेडिकलहरू हटाउँदछ । फ्री रेडिकल कम हुँदा अक्सिडेटिभ तनाव हुँदैन । अक्सिडेटिभ तनावले हाम्रो छालाको उमेर बढाउँछ । यसको अर्थ कालो चनाले एन्टी एजिङ डाइटको रूपमा पनि काम गर्छ ।
६. गर्भवती महिलाका लागिः
कालो चना प्रोटिनको साथसाथै फलाम राम्रो स्रोत हो । गर्भवती महिलालाई सबैभन्दा धेरै आइरन चाहिन्छ । यिनीहरूका लागि कालो चना राम्रो आहार हो । यसले एनिमिया हुन दिँदैन । कालो चनाले शरीरमा ऊर्जा स्तर पनि बढाउन मद्दत गर्न सक्छ । सुत्केरी आमाका लागि पनि कालो चना निकै फाइदाजनक हुन्छ ।
अस्वीकरण (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।