माओवादीलाई कांग्रेसको मत पैँचो छ, मत नदिए ब्याज लाग्छः मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले माओवादीले आफूलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।
प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेसपछि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री लामाले विगतमा कांग्रेस प्रतिपक्षमा रहेर तत्कालीन शालिकराम जम्कट्टेललाई मत दिएको बताए ।
विगतमा मत हालेको आधारमा माओवादीलाई विश्वासको मत पैँचो बाँकी रहेको उनले बताए । पैँचो फिर्ता हुन्छ भन्नेमाआफू विश्वस्त रहेको उनको भनाइ छ । विश्वासको मत नदिए ब्याज लाग्ने उनले बताए ।
वर्तमान सरकारले राजनीतिक स्थिरता र व्यवस्थालाई बलियो बनाउन काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारका मन्त्रीहरूलाई अधिकतम समय हेटौँडामा रहेर काम गर्ने निर्देशित गरेको उनको भनाइ छ ।
संघीयता बलियो बनाउन संविधानको कार्यान्वयनका लागि सङ्घीय सरकारसँग पहल गर्ने उनले बताए । समस्याका विषयहरूमा छलफल गरेर प्रदेशको विकास र समृद्धिका लागि सबै दलहरूसँग सहकार्य गर्ने मुख्यमन्त्री लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा