नेमकिपा मुख्यमन्त्री लामाको विश्वासको मतको पक्षमा तटस्थ बस्ने
मङ्गलबार, १५ साउन २०८१, १६ : ३९

हेटौँडा । नेमकिपा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने भएको छ । नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगत देखि नै प्रतिपक्षको भूमिकामा रहेकाले यस पटक पनि प्रतिपक्षमा रहने बताए ।
नेमकिपा विचार सिद्धान्त र नैतिकताको राजनीतिबाट विचलित नहुने उनले बताए । नेमकिपाले ३० वर्ष अघि देश २ दलीय शासन व्यवस्थामा जाँदै छ भनेको र सोही दिशामा अहिलेको सरकार अघि बढेको उनले बताए ।