पेरिस ओलम्पिक : एलेक्जेन्डर शाहले आफ्नै कीर्तिमानमा सुधार गरे
मङ्गलबार, १५ साउन २०८१, १६ : १५

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले मंगलबार पुरुष एक सय मिटर फ्रिस्टायल स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
उनले निर्धारित दुरी ५१.९१ सेकेन्डमा पुरा गरे । यसअघि पनि उक्त कीर्तिमान एलेक्जेन्डरकै नाममा रहेको थियो । यसअघि उनको नाममा ५२.१७ सेकेन्डको कीर्तिमान थियो । उनले ‘वाइल्र्ड कार्ड’ मार्फत पेरिस ओलम्पिकमा सहभागिता जनाएका हुन् ।
एलेक्जेन्डरले यसअघि जापानको टोकियोमा सम्पन्न ओलम्पिकमा पनि सहभागिता जनाएका थिए । उनले कतारको दोहामा भएको विश्व एक्वाटिक च्याम्पियनसिप र चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी र हिमालयनको लगातार दोस्रो जित
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]