मङ्गलबार, १३ कात्तिक २०८१
ताजा लोकप्रिय
पूर्वराज्यमन्त्री हत्या प्रकरण

पूर्वराज्यमन्त्रीको हत्याको कारण जग्गा विवाद, सहयोगीलाई नै ‘सुपारी’

मङ्गलबार, १५ साउन २०८१, १६ : ११
मङ्गलबार, १५ साउन २०८१

काठमाडौँ । जग्गाको विवाद चुलिँदै गएपछि पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको प्रहरीको निष्कर्ष छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुर स्थित आफ्नै घरमा साउन ७ मा मृत भेटिएका हुन् । 

राज्यमन्त्रीका सहयोगी २१ वर्षीय राम उजेन रायले उनको हत्या गरेका थिए । हत्याको योजनाकारको आरोपमा प्रहरीले राज्यमन्त्रीका छिमेकी ४६ वर्षीय वीरेन्द्र रायलाई पनि पक्राउ गरेको छ । वीरेन्द्र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका हुन् । 

जग्गाको विवाद चुलिएपछि वीरेन्द्रले सहयोगीलाई ‘सुपारी’ दिएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको सर्लाहीका एसपी रवीन्द्र सिंहले रातोपाटीलाई बताए । उनले भने–‘आफ्नो जग्गा राज्यमन्त्रीको फार्म हाउस तर्फ घुसेको बारेमा विवाद देखिन्छ ।’

वीरेन्द्रले राज्यमन्त्रीका सहयोगीलाई  ‘हत्यापछि दुई लाख नगद र फार्म हाउस स्थापना गर्दिन्छु’ भनेर हत्या गर्न लगाएको एसपी सिंहले बताए

सर्लाहीको कबिलासी नगरपालिका–३ घर भएका राम उजैन ८१ वर्षीय पूर्व राज्यमन्त्रीको सहयोगीको रूपमा कार्यरत थिए ।

आरोपीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप