माओवादीले मुख्यमन्त्री लामालाई विश्वासको मत नदिने

हेटौँडा । माओवादी केन्द्रले मुख्यमन्त्री बहादुर सिंह लामालाई विश्वासको मत नदिने भएको छ । माओवादी प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने र रचनात्मक रूपमा सरकारलाई खबरदारी गर्ने माओवादी केन्द्रका सांसद युवराज दुलाल ‘शरद’ले बताए ।
उनले सत्ता समीकरण निर्माणमा माओवादीलाई झुक्याएको बताए । उनका अनुसार माओवादीको नेतृत्वमा घोटाला र भ्रष्ट्राचार विरुद्धमा रहेको छ । माओवादीले भ्रष्ट्राचारको फाइल उठाउँदा अमुक व्यवसायीको घरमा सत्ता समीकरणको सहमति बनेको उनले बताए । क्यालेन्डर अनुसार संविधान संशोधन नहुने उनको भनाई छ । संविधानमा रहेको सकारात्मक विभेदलाई नियन्त्रण गर्न र प्राप्त अधिकार मास्न अहिलेको गठबन्धन बनेको उनले आरोप छ । सत्ता गठबन्धनको सरकार औचित्य पुष्टि हुन नसक्ने सांसद दुलालले बताए ।
‘बिहानीले दिनको झल्को दिन्छ । सुशासन र पद्धतिको सुरुवात हुनेछ । तर, आज नियुक्त गरेका मन्त्री शपथ नगरी सभा हलमा बसिरहनु भएको छ। कति जना मन्त्री हुने हो ?’ उनले भने, ‘बहुमत अङ्क गणितमा होइन । गणित स्थायित्व होइन । स्थायित्व विचार हो । अहिलेको गणितमा बनेको समीकरण र बहुमत माथि शङ्का छ । माओवादी विचारमा सशक्त छ । माओवादीको नेतृत्वमा देश र जनतालाई हानी हुने काम भएको छैन ।’
सत्तापक्षमा नै राजनीतिक स्थायित्वका विषयमा बुझाइ फरक भएको देखिएको उनको भनाई छ । कांग्रेस ठुलो दलहरूको समीकरणलाई राजनीतिक स्थायित्व भनिरहेको र एमाले लोकतन्त्रको अभ्यास र सरकार र प्रतिपक्षमा हुनुलाई भनिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते