सामसङ नेपालले ल्यायो नि:शुल्क पिक–अप र ड्रप सेवा
मङ्गलबार, १५ साउन २०८१, १५ : ४९

काठमाडौँ । सामसङ नेपालले साउन १ गतेदेखि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि काठमाडौं उपत्यकाभरी फ्री पिक–अप र ड्रप सेवा बजारमा ल्याएको छ।
वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल-फ्रि मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ।
मोबाइल लिनको लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको १ दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने छन् र मर्मत भएपछि फिर्ता घरमै पुर्याई दिने छन् ।
हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध