बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै
मङ्गलबार, १५ साउन २०८१, १५ : २७

हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि दिउँसो ३ बजेका आह्वान गरिएको बैठक सुरु भएको हो ।
बैठकमा प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को पुनः गठन तथा कार्य विभाजनको पत्र बारे जानकारी गराउने कार्यसूची रहेको छ भने सो पश्चात् मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
मुख्यमन्त्री लामाले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि दलगत रूपमा सांसदहरूले धारणा राख्नेछन् भने त्यस लगत्तै मतविभाजन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?