बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

मङ्गलबार, १५ साउन २०८१, १५ : २७
मङ्गलबार, १५ साउन २०८१

हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि दिउँसो ३ बजेका आह्वान गरिएको बैठक सुरु भएको हो ।

बैठकमा प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को पुनः गठन तथा कार्य विभाजनको पत्र बारे जानकारी गराउने कार्यसूची रहेको छ भने सो पश्चात् मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री लामाले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि दलगत रूपमा सांसदहरूले धारणा राख्नेछन् भने त्यस लगत्तै मतविभाजन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप