रुसको हिरासतमा रहेका दैलेखका दुई जनालाई उद्धार गर्न थापाको माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले रुसको हिरासतमा रहेका दुई नेपालीको उद्धार गर्नका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । सांसद थापाका अनुसार दैलेखको डुंगेश्वर गाउँपालिका–६ का बलबहादुर कार्की र तेजबहादुर शाही हाल रुसको हिरासतमा रहेका हुन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले भने, ‘रुस र युक्रेनको लडाइँमा दैलेख डुंगेश्वर गाउँपालिका–६ का दुई जना घाइते भएका छन् । घाइते भएर उपचार गर्ने क्रममा अब आफ्नो देश जान्छु भन्दा अहिले उनीहरूलाई रुसले हिरासतमा राखेको छ ।’
‘उनीहरूको परिवार जीवन रक्षाका लागि रोइरहेका छन् । उनीहरूलाई कसरी उद्धार गर्न सकिन्छ ? उनीहरूलाई कसरी नेपालमा ल्याउन सकिन्छ, म सरकार र श्रम मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
थापाका अनुसार देशका धेरै नागरिक बेरोजगारीका कारण र पहिलेदेखिको बहादुरी कमाउन युद्धमा गएका धेरै नेपालीहरू अलपत्र परेका छन् । अलपत्र परेका नागरिकहरू उद्धार गर्न र बिचौलियालाई कारबाही गर्न पनि उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल