स्कुल बस नियमन गर्न सरकारलाई सांसद परियारको ध्यानाकर्षण
मङ्गलबार, १५ साउन २०८१, १४ : १९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले स्कुल बसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सोमबार पोखरामा भएको स्कुल बस दुर्घटनाबारे जानकारी गराउँदै स्कुल बस नियमन गर्न आग्रह गरेका हुन ।
उनले भने,‘सरकारले स्कुल बसबारे विशेष ध्यान दिन आवश्यक छ । काठमाडौँ लगायतका सहरी इलाकामा विद्यार्थीलाई बिहान डेढ घण्टा, बेलुका डेढ घण्टा स्कुल बस चढाउने अवस्था छ । नजिक स्कुल भएपनि महँगा स्कुलमा पढाउन बस चलाउने व्यवस्था छ । विदेशमा जस्तै पायक पर्ने स्थानमा विद्यार्थी पढाउनुपर्ने व्यवस्था गर्न आवश्यक छ ।’
उनले पुराना बसलाई स्कुल बस बनाइएको बताउँदै त्यसलाई ध्यान दिन र सडकको घुम्तीमा छेकबार नभएकोले पनि दुर्घटना बढेकोले सरकारको ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार