राजनीतिक समीकरण परिवर्तनको प्रभाव : बागमतीमा ७ वर्षमा ४ प्रदेश प्रमुख
काठमाडौँ । सङ्घीयता कार्यान्वयनको ८ वर्ष पूरा हुनै लाग्दा बागमती प्रदेशले ४ प्रदेश प्रमुख प्राप्त गरिसकेको छ । राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुने र राजनीतिक समीकरण फेरिएसँगै प्रदेश प्रमुख पनि परिवर्तन हुने गरेका हुन् ।
केन्द्रमा राष्ट्रपतिको कार्यकाल ५ वर्ष हुने र सोही अनुसार प्रदेश प्रमुखको कार्यकाल पनि ५ वर्षको हुने व्यवस्था रहे पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख फेरबदल हुने क्रम बढ्दो रहेको हो । सोही सिलसिलामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीसहित तीन प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।
नेपालको संविधानको धारा १६३ को (१) बमोजिम प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहने व्यवस्था रहेको छ भने (२) राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्ति गर्ने र (३) प्रदेश प्रमुखको पदावधि पाँच वर्ष हुने हुने व्यवस्था रहेको छ ।
पदावधि अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्ने सक्ने प्रावधान संविधानमा रहेको छ । सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, ३५ वर्ष उमेर पूरा भएको र कुनै कानुनले अयोग्य नभएको व्यक्ति प्रदेश प्रमुख नियुक्त हुन सक्ने संविधानको धारा १६४ को (क), (ख) र (ग)मा उल्लेख छ ।
सङ्घीयतापछिको पहिलो कार्यकालमा बागमतीले ३ प्रदेश प्रमुख प्राप्त गरेको थियो । हाल सरकार परिवर्तनसँगै समय अगावै बागमतीमा अर्को प्रदेश प्रमुख प्राप्त गर्ने भएको छ ।
सुरुवातका २ प्रदेश प्रमुखले अत्यन्त कम अवधि मात्र काम गर्ने अवर पाए भने पछिल्लो एक प्रदेश प्रमुखको उनीहरूको भन्दा दोब्बर कार्यकाल रह्यो ।
२०७४ माघ ३ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बागमती प्रदेश प्रमुखमा अनुराधा कोइरालालाई पठाएको थियो । कोइरालालाई हटाएर २०७६ कात्तिकमा तत्कालीन केपी शर्मा ओली सरकारले विष्णु प्रसाईँलाई नियुक्त गर्यो भने सरकार परिवर्तनसँगै २०७८ भदौमा पुनः प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सरकारले यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखका रूपमा पठाएको थियो ।
सङ्घीयता कार्यान्वयनको चरणमा पहिलो पटक अनुराधा कोइरालालाई तत्कालीन सङ्घीय सरकारले २०७४ माघ ५ मा बागमती प्रदेशका लागि प्रदेश प्रमुख बनाएर पठाइएको थियो । २०७४ को निर्वाचनपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले कोइरालालाई हटाएर विष्णुप्रसाद प्रसाईँलाई प्रदेश प्रमुखको जिम्मेवारी दियो । कांग्रेसको कोटामा प्रदेश प्रमुख नियुक्त भएकी कोइरालाले १ वर्ष १० महिना अवधि बागमतीको प्रदेश प्रमुख हुने अवसर पाइन् । उनले २०७४ माघ ५ देखि २०७६ कात्तिक १९ सम्म प्रदेश प्रमुखको भूमिका प्राप्त गरिन् ।
२०७६ कात्तिक १८ गते विष्णु प्रसाद प्रसाईँले प्रदेश प्रमुखको जिम्मेवारी लिएका थिए । एमालेको कोटामा प्रदेश प्रमुख भएका उनले १ वर्ष ९ महिना कार्य गर्ने अवसर पाए । २०७४ मा झापाको मेचीनगर नगरपालिकाको मेयर पदमा एमालेबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका प्रसाईँ पराजित भएपछि प्रदेश प्रमुख नियुक्त भएका थिए ।
२०७७ फागुनमा नेकपा विभाजन भयो । एमाले र माओवादी केन्द्र साबिककै अवस्थामा फर्किएको केही समयपछि मुलुकको राजनीतिक कोर्स नै परिवर्तन भयो । सो पश्चात् ५ दलीय गठबन्धनको सरकार बनेसँगै २०७८ भदौ ३ गते प्रसाईँलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी थमाइयो । प्रसाईँले २०७६ कात्तिक देखि २०७८ भदौसम्म प्रदेश प्रमुख भएर कार्य गर्ने अवसर पाए ।
२०७८ भदौ ४ मा प्रदेश प्रमुख नियुक्त भएका शर्मा एकीकृत समाजवादी निकट हुन् । माधव कुमार नेपालका विश्वासपात्र शर्मा सत्ता गठबन्धन परिवर्तनसँगै पदमुक्त हुनेमा स्पष्ट थिए । ३ वर्ष प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त गरेका उनलाई सोमबार बसेको मन्त्रिपरिषद्ले पदमुक्त गर्ने निर्णय गरेको हो भने उनको ठाउँमा दीपक प्रसाद देवकोटा नियुक्त भएका छन् ।
धनगढीका देवकोटा एमाले अनुशासन आयोगका सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ
-
एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान
-
ब्लाक्क एण्ड डेक्करको खरिदमा छुट पाइने
-
विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
-
नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन
-
सवारी दुर्घटनामा चार जनाको मृत्यु