बूढानीलकण्ठमा जुवा खेलिरहेका ९ जना पक्राउ
मङ्गलबार, १५ साउन २०८१, १२ : ३४
![बूढानीलकण्ठमा जुवा खेलिरहेका ९ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-jail-group-cartoon_7ectnfd90S.jpg)
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-५ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । यम कुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा २१ वर्षीय कबिर देउलासमेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ११ हजार रुपैयाँ र १३ वटा ओखरसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग
-
शंखरापुरको जङ्गलमा चितुवा मृत फेला