शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

मङ्गलबार, १५ साउन २०८१, १२ : १९
मङ्गलबार, १५ साउन २०८१

कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भजनी नगरपालिका-८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात घटनाको २० वर्ष पछि प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका-४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप