बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

विक्री घटेपछि मूल्यबारे पुनर्विचार गर्दै छ म्याकडोनल्ड्ज

मङ्गलबार, १५ साउन २०८१, १० : ५५
मङ्गलबार, १५ साउन २०८१

वाशिङटन डीसी । अमेरिकी फाष्टफूड चेन म्याकडोनल्ड्जले आफ्नो मूल्य रणनीतिबारे पुनर्विचार गर्ने भएको छ । मेनुको मूल्य बढाएपछि कम्पनीको विक्री र खूद मुनाफा दुवै घट्न थालेको छ । कम्तीमा एक वर्ष अघि खुलेका आउटलेटको विक्री एक वर्ष अघिको सोही अवधिको तुलनामा अप्रिल–जुन त्रैमासमा १ प्रतिशतले घटेको छ । यो कमी कोभिडको महामारीयताको पहिलो भएको बताइएको छ ।

बढी पैसा खर्च गर्न अलि धेरै नै सोच्ने ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीले पैसा छूटको अफर दिएको भए पनि विक्री भने बढ्न सकेन । कम्पनीको खराब विक्रीले मूल्य रणनीतिबारे बृहत् रूपमा विचार गर्न बाध्य पारेको कम्पनीका प्रमुख कार्यकारी क्रिस केम्पजिन्स्कीले भनेका छन् ।

विक्री थप घट्न नदिन छूट अफर भने दिईनैरहने उनले बताएका छन् । कम्पनीले विक्री बढाउन अमेरिका र बेलायतमा हालसालै शुरु गरेको ह्यापी मिल अभियानलाई पनि आगामी महिनामा लम्ब्याइने अपेक्षा गरिएको छ ।

महामारीको समयमा कम्पनीले एक पछि अर्को गर्दै आफ्नो मेन्युको मूल्य बढाएको थियो । सन् २०१९  यता अमेरिकामा मात्रै कम्पनीले बिग म्याकको औसत मूल्य २१ प्रतिशतले बढाएको छ । अन्य कयौं आइटमको मूल्य वृद्धि यो भन्दा केही कम छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप