विवादास्पद चुनावी नतिजापछि भेनेजुएलामा प्रहरी र सर्वसाधारणबिच झडप
कारकास । भेनेजुएलामा सुरक्षा बल र सर्वसाधारणबिच झडप भइरहेका छ । आइतबार विवादित चुनावी नतिजा सार्वजनिक भएपछि सर्वसाधारणहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनलाई दबाउन र प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्याँस र रबरका बुलेटहरू प्रहार गरिरहेका छन् ।
सोमबार साँझ मध्य कारकासमा हजारौँ मानिसहरूले प्रदर्शन गरेका थिए । राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपति निर्वाचनमा अपुरो मतगणनाबिच आफूले जितेको घोषणा गरेपछि राजधानीमा विरोध प्रदर्शन सुरु भएको थियो ।
तर प्रतिपक्षले भने आफ्नो उम्मेदवार एड्मन्डो गोन्जालेजले ७३ दशमलव २ प्रतिशत मत पाएको भन्दै मदुरोको घोषणा कपटपूर्ण रहेको बताएको थियो । चुनाव अघिका जनमत सर्वेक्षणले पनि प्रतिपक्ष दलका उम्मेदवारले स्पष्ट बहुमत हासिल गर्ने देखाएका थिए ।
११ वर्षसम्म राष्ट्रपतिको पदमा रहिसकेका मदुरोलाई कुसीबाट हटाउन प्रतिपक्ष दलहरू एक जुट भएर गोन्जालेजलाई अगाडि सारेका थिए । कयौँ पश्चिमी र ल्याटिन अमेरिकी देशहरूका साथै संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय निकायहरूले भेनेजुएली अधिकारीहरूलाई हरेक मतदान स्थलको मतदानको छुट्टा छुट्टै रेकर्ड सार्वजनिक गर्न दबाब दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?