प्रचण्डले जवाफ दिने तय भएको माओवादीको पदाधिकारी बैठक सर्यो

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण २ घण्टा पछाडि सरेको कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार बैठक अब दिउँसो १ बजे बस्नेछ । सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको थियो । आज नेताहरूले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने तय भएको छ ।
बैठकमा अहिलेको अवस्थामा विचारको विकासर र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे प्रचण्डले बिफ्रिङ गरेका थिए ।
बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि बैठक आजै सकिने सचिव उपाध्यायले जानकारी दिए । साथै बैठकले आगामी योजनाको प्रारूप तयारी गरी स्थायी समिति बैठक बोलाउन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान संशोधनका एजेन्डा र सकस’
-
सागसब्जी बेचेर मासिक एक लाख आर्जन
-
अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
-
संविधानलाई संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ : सांसद यादव
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा