पेरिस ओलम्पिकमा कोरोना भाइरसको ‘इन्ट्री’

काठमाडौँ । विश्व खेलकुदको महाकुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा जारी छ । गत शुक्रबार ओलम्पिकको भव्य उद्घाटन भएको थियो । विभिन्न राष्ट्रका खेलाडी खेल मैदानमा आफ्नो उत्कृष्टता सिद्ध गर्न व्यस्त छन् ।
यसैबिच, ओलम्पिक खेलकुदको जारी संस्करणमा पनि कोरोना भाइरसले आफ्नो प्रभाव देखाउन सुरु गरेको छ । बेलायतका खेलाडीमा कोरोना भाइरस पुष्टि भएको छ । बेलायतका पौडीबाज एडम पिटी कोरोना भाइरसबाट प्रभावित भएको समाचारमा जनाइएको छ ।
एडमले पुरुष एक सय मिटर ब्रेष्टस्ट्रोक स्पर्धामा रजत पदक जितेका थिए । पदक जितेको केही समयपछि नै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि कोरोना भाइरसको परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो ।
खेलका क्रममा एडम इटालीका खेलाडी निकोलो मार्टिनेंगी र अमेरिकाका खेलाडी निक फिन्कको सम्पर्कमा आएका थिए । पदक वितरण समारोहमा पनि उनीहरू एकसाथ थिए । निकोलोले उक्त स्पर्धाको स्वर्ण पदक जितेका थिए ।
पेरिस ओलम्पिकमा कोभिड–१९ को विषयलाई लिएर कुनै नियम लागू गरिएको छैन । यसअघि जापानमा आयोजित ओलीम्पकमा भने कोभिड–१९ को विषयलाई लिएर कडा नियम लागू गरिएको थियो । जारी ओलम्पिकमा कोरोना भाइरसबाट प्रभावित हुने एडम पहिलो खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु