कृषि समितिको बैठक बस्दै, सभापति चयन गर्ने तयारी
मङ्गलबार, १५ साउन २०८१, ०८ : ५९

काठमाडौँ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठक आज अपराह्न साढे ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।
समिति सभापतिका लागि नेपाली कांग्रेसबाट सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघिकी सभापति डा आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेसँगै कृषि समितिको सभापति रिक्त रहेको थियो ।
सोमवार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रस्तावक कांग्रेस सांसद वीरबहादुर बलायर र नेकपा एमालेका सूर्यप्रसाद ढकाल समर्थक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल