सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

चीनसँगको सम्बन्ध पुनः सुरु गर्ने इटालीकी प्रधानमन्त्रीको दृढता

सोमबार, १४ साउन २०८१, २२ : ४४
सोमबार, १४ साउन २०८१

रोम । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले चीन विश्वव्यापी तनाव व्यवस्थापनमा ‘अहम् मध्यस्थकर्ता’ भएको बताएकी छन् । चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटघाटका क्रममा मेलोनीले सो अभिव्यक्ति दिएकी हुन् ।

उनको यो अभिव्यक्ति पछि सीले पनि इटालीसँगको लामो समयदेखिको मित्रवत् सम्बन्धका साथसाथै दुई देशबीचको सहिष्णुता, आपसी विश्वास र सम्मानको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीको कार्यभार सम्हालेयता यो मेलोनीको पहिलो चीन भ्रमण हो ।

उनी अहिले पाँच दिने चीन भ्रमणमा छिन् । गएको वर्ष मेलोनीले सीको सिग्नेचर परियोजना बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई)बाट इटलीलाई हटाएकी थिइन् ।

आइतबारको भेटघाटमा मेलोनी र सीले आर्थिक सहकार्य बढाउन त्रिवर्षीय योजनामा हस्ताक्षर पनि गरेका थिए । त्यतिबेला रोमले चीनको लगानी परियोजना उसको द्विपक्षीय व्यापार प्रवद्र्धन गर्न लक्षित रहेको बताएको थियो । आफ्नो यो भ्रमण चीनसँगको सम्बन्ध पुनः सुरु गर्ने प्रयास भएको मेलोनीले बताएकी छिन् ।

इजिङको राजकीय अतिथि गृहमा सीसँग भेटघाटपछि मेलोनीले भनेकी थिइन्, ‘अन्तर्राष्ट्रिय स्तरमा असुरक्षा बढ्दै गइरहेको छ र यी सबै समस्याहरूलाई सुल्झाउन चीन निकै महत्वपूर्ण मध्यस्थकर्ता हो भन्ने मलाई लाग्छ ।’

स्थिर रहन र शान्तिको प्रत्याभूतिका लागि दुवै देशले मिलेर सोच्नुपर्नेमा पनि उनले जोड दिइन् । बीआरआईमा हस्ताक्षर गर्ने इटाली प्रमुख यूरोपेली देश थियो ।

सो परियोजनामा इटालीको संलग्नताको अमेरिका र अन्य केही मुख्य यूरोपेली देशले निकै आलोचना गरेका थिए । सन् २०२२ मा सत्तामा आएपछि आफ्ना पूर्ववर्तीको तुलनामा मेलोनीले पश्चिमतिर ढल्किएको र नेटो समर्थक नीति अपनाइरहेकी छिन् । बीआरआईबाट बाहिरिनुअघि त्यसमा आबद्ध हुने मेलोनीले पूर्ववर्ती सरकारको ‘गम्भीर गल्ती’ भनेकी थिइन् ।

बीआरआईको सदस्यता बिना मेलोनी चीन आउनु अर्कै स्तरको संलग्नता भएको लगानी बैंक नाटिक्सिसमा एशिया प्रशान्त क्षेत्रकी प्रमुख अर्थविद् एलिसिया ग्रेसिया हेर्रेरोले भनिन् । मेलोनीकै पालामा इटालीले चीन सरकारको स्वामित्वमा रहेको कम्पनीलाई स्थानीय टायर निर्माता कम्पनी पिरेलीको टेक ओभरमा रोक लगाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप