साढे सात क्वीन्टल बढी गाँजा बरामद
मध्यविन्दु । भारतीय कन्टेनरमा साढे सात क्वीन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट भारतीय ट्रक पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–२ हमाल चोकबाट गाँजा तस्करी गर्दै गरेका ट्रक र ट्रकलाई स्कटिङ गर्दै आइरहेको कारमा सवार दुई जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले जाँच गर्ने क्रममा एनएल ०१ ५५४४ नम्बरको भारतीय कन्टेनरमा सामान राख्ने स्थान (क्यारी) र क्याबिनको बीच भागमा फल्स बटन बनाइ कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई फोडेर हेर्दा २४ बोरामा सात सय ६९ किलोगाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । ट्रकलाई स्कटिङ गरी आउँदै गरेको बागमती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार गाँजा बोकेको ट्रकका चालक चितवन जिल्ल राप्ति नगरपालिका–३ का ३३ वर्षका मदन लामा र राप्ति नगरपालिका–१ का ३२ वर्षीय दिनेश लामा पक्राउ परेका छन् ।
“गाँजासहितको भारतीय कन्टेनर पूर्वपश्चिम राजमार्ग हुँदै भारततर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा उक्त परिमाणमा गाँजा भेटिएको हो”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिट फिल्म ‘परदेशी २’ अब ओटीटीमा
-
बंगलादेशलाई हराउँदै भारतले उपाधि कुम्ल्यायो
-
रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइयो
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
-
दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख