हुलास स्टिलको एक अर्बभन्दा बढी लगानीमा नयाँ प्लान्ट तयार
बारा । हुलास स्टिल प्रालिले एक अर्बभन्दा बढीको लगानीमा वीरगञ्ज महानगर–३१, बेलुवामा नयाँ प्लान्ट तयार भएको छ । सोमबार एक कार्यक्रमबिच उक्त प्लान्ट उद्घाटन गरिएको छ ।
५ सयदेखि ७ सय जनालाई प्रत्यक्ष रोजगारी दिने गरी उद्योगले विद्युतीकरणका लागि आवश्यक पोल, ६६ केभी, १३२ केभी, २२० केभी प्रसारण लाइनका लागि आवश्यक टावर र ग्याल्भनाइज (फलाममा खिया लाग्न नदिने आल्मुनियम र जिन्कको एक प्रकारको झोल) उत्पादन सुरु गर्ने जनाएको छ ।
सोमबार उद्घाटन गरिएको उद्योगको नयाँ प्लान्ट केही दिनमै नियमित सञ्चालनमा ल्याउने उद्योगका निर्देशक हिमांशु गोल्छाले जनाए । उनले नयाँ प्लान्ट पूर्ण क्षमतामा साथ सञ्चालन ल्याउन सके वार्षिक १० अर्बभन्दा बढीको आर्थिक कारोबार हुने बताए ।
‘हामीले १ अर्बभन्दा बढीको लगानीमा उद्योग स्थापना गरेका छौँ । यसमा ट्रान्समिटर लाइनको टावर र नेपालको सबैभन्दा ठुलो ग्याल्भनाईनज प्लान्ट पनि छ,’ हुलास स्टिलका निर्देशक हिमांशु गोल्छाले भने ।
यद्यपि अहिले भारतबाट आयात भइरहेको सामानमा भन्सार र भ्याट छुट भएकाले नेपालमा उत्पादन गर्दा ३५ प्रतिशतसम्म बढी लागत खर्च बढ्ने उनको भनाइ छ ।
हालसम्म नेपालमा विद्युतीकरणका लागि आवश्यक पोल, ट्रान्समिटर, ग्याल्भनाइज लगायत सम्पूर्ण सामग्री भारतबाट आयात हुने गर्दछ । हुलास स्टिलले सुरु गरेको नयाँ प्लान्टको नाम ‘हुलास युनिट २’ भनिएको छ । उद्योगका निर्देशक गोल्छाले यो प्लान्ट नेपालमै पहिलो भएको बताए ।
उद्योगले वीरगञ्ज महानगर–३१ मा ५ वर्षअघि १० बिघा जग्गा किनेर उद्योगका लागि आवश्यक संरचना निमार्णको काम सुरु गरेको हो । निर्देशक गोल्छाले नयाँ सरकार गठन भएको र भर्खरै आएको नयाँ मौद्रिक नीतिले औद्योगिक क्षेत्रमा नयाँ आशा जगाएको बताए ।
उद्योगको नयाँ प्लान्ट उद्घाटन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगले भारतीय श्रमिकको सट्टा स्थानीयलाई नै रोजगारीमा जोड्न आग्रह गरे । उनले अदक्ष जनशक्तिलाई सिपमुलक तालिमको माध्यमबाट रोजगारीमा जोड्न उद्योगीहरूलाई आग्रह गरे ।
हुलास स्टिल प्रालिले गोल्छा अर्गनाइजेशनका संस्थापक उपाध्यक्ष दिवाकर गोल्छाको जन्मदिनको अवसर पारेर सोमबार पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको २.५ किलोमिटर क्षेत्रमा ६ सयभन्दा बढी धुपी, अशोक, अमला, रातकी रानी, लालुपाते लगायतका बिरुवा रोपेको छ ।
उद्योगले सोमबार दृष्टि आँखा अस्पताल वीरगञ्जमा मोतियाबिन्दुको समस्या भएका २० जनालाई निःशुल्क शल्यक्रिया गराइदिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप