युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न अध्यक्ष बस्नेतको आग्रह
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन् । 'मिडिया भन्ने, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो ।
व्यक्तिगत रूपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ । नागरिक दायित्व हुन्छ । मिडियाको रूपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नैपर्छ,' अनलाइन मार्फत नयाँ सुरु भएका सञ्चार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने ।
नयाँ खुलेका अनलाइनसहित सञ्चार माध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै उनले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारीपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्ने तर्फ सबै सचेत हुनुपर्ने बताए ।
'देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी छ । हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप गाली बर्साएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हो । यसले विकृति र वितृष्णा मात्र बढाएको छ,' अध्यक्ष बस्नेतले भने, 'देश विकासका लागि पत्रकारिताले सृजनात्मक र रचनात्मक भूमिका खेल्नुपर्छ । समस्या देखाउने मात्र नभै समाधानका विकल्पहरू सहित प्रश्न उठाउनु पर्छ ।'
प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको जानकारी उनले दिए ।
काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा लिँदै आएको छ ।
सोमबार स्रोत व्यक्तिका रूपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने विषयमा सहजीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
तारकेश्वर नगरपालिकामा एनएनआईपीएल स्पोर्ट अवार्ड कार्यक्रम
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड