लेबनानमा आफ्ना नागरिकका लागि भारतीय दूतावासले जारी गर्यो एड्भाइजरी

लेबनान । इजरायल र लेबनानी चरमपन्थी समूह हिजबुल्लाहबिच जारी द्वन्द्वका कारण लेबनानमा तनावको स्थिति छ । यस्तोमा बेरुतस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गरिरहेका आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गर्दै बेरुतस्थित भारतीय दूतावासले भनेको छ– ‘क्षेत्रको ताजा स्थितिलाई विचार गरेर लेबनानमा रहेका अनि लेबनानको यात्रा गर्न विचार गरिरहेका भारतीय नागरिकलाई सतर्क रहन र दूतावासको सम्पर्कमा रहिरहन सल्लाह दिइन्छ ।’
कुनै समस्या परेमा बेरुतस्थित भारतीय दूतावासको इमेल आईडी वा आपतकालीन सम्पर्क नम्बरमा सम्पर्क गर्न भनिएको छ । शनिबार इजरायलको कब्जामा रहेको गोलना हाइट्सको फुटबल मैदानमा रकेट खस्दा १२ बालबालिका र किशोर किशोरीको मृत्यु भएको थियो ।
हिजबुल्लाहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । तर इजरायलले यो हमला हिजबुल्लाहले गराएको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
-
बबरमहलमा राप्रपाको प्रदर्शन
-
गभर्नर विवादसम्बन्धी रिट तेस्रो दिन पनि हेर्न नभ्याइने
-
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप