उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । सोमबार थम्पसन र पार्कले उपप्रधानमन्त्री सिंहसँग मन्त्रालयमै शिष्टाचार भेट गरेका हुन् । भेटमा दुवै राजदूतले मन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित सहर निर्माण, फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गरे ।
‘सहरी क्षेत्र र समग्र नेपालको आर्थिक विकासमा अहिले भएको सहयोगबारे छलफल भयो । सहरी विकासमा प्राप्त सहयोगको निरन्तरता र थप सहयोगका क्षेत्रबारे पनि छलफल भयो,’ भेटमा सहभागी सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताए ।
त्यस्तै कोरियाका राजदूत पार्कसँग पनि नेपाल र कोरियाबिचमा कुन–कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा